सुपर ओभरमा भाग्यमानी सावित भयो बुटवल ब्लास्टर्स

Share:

पोखरा। दोश्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल)मा सोमबारको दोश्रो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ। आजको खेलमा काठमाडौँलाई सुपर ओभरमा पराजित गर्दै बुटवलले जित हात पारेको हो। निर्धारित २० ओभरमा दुवै टोलीले रङ बराबर बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । सुपर ओभरमा बुटवलले १२ रन बनाएको थियो। उसका लागि हर्ष टोङ्कले ९ रन बनाए। यस्तै शिवम सिंहले ३ रन बनाए।

सुपर ओभरमा १३ रनको विजयी लक्ष्य पाएको काठमाडौँले एक विकेट गुमाउदै दुई रन मात्र बनाउन सक्यो। गौरब तोमरले २ रन बनाएर आउट भए । उसका लागि सुबोध भाटी र कोश्वलाले रन बनाउन सकेनन्। यसघि १४१ रनको लक्ष्य पछ्याएको बुटवलले १४० रन मात्र बनाउन सक्यो । बुटवलका लागि हर्ष टोङ्कले सर्वाधिक ४५ रन बनाए। २९ बल खेलेका टोङ्कले ३ चौका र ३ छक्काको मद्धतमा ४५ रन बनाए। यस्तै शंकर रानाले २० रन बनाएका थिए। २३ बल खेलका उनी सुर्य तामाङ्गको बलमा गौरब तोमरको हात बाट क्याच हुन पुगेका थिए।

ओपनिंगमा आएका भारतीय खेलाडी अफ्ताबुद्दीन अहमदले १४ रन बनाए। उनलाई सुसान भारीले आउट गराएका थिए। अर्का बिष्फोटक ब्याट्सम्यान भिम सार्की १३ रन मात्र गराउन सके। उनी अमर सिंह रौटेलाको बलमा सुर्या तामांङको हात बाट क्याच आउट भएका थिए। बुटवलका हरि चौहान खाता खोल्न सकेनन्।

शिबम सिंगले ३३ रन बनाउन सफल भए। बुटवलका लागि कप्तान सोमपाल कामीले ११ रन बनाए। सोमपाल सुबोध भाटिको बलमा आउट हुन पुगेका थिए। काठमाण्डौका लागि सुसान भारि र सुबोध भातिले २-२ विकेट लिए। यस्तै अमर सिङ् रौटेला र सुर्य तामाङले १-१ विकेट हात पारे। यसघि टस हारेर पहिले ब्याटिंग गरेको काठमाण्डौले ६ विकेटको क्ष्यतिमा १४० रन बनाएको थियो। काठमाण्डौका लागि पवन सर्राफले सर्वाधिक ३७ रन बनाए। आक्रामक खेल खेलेका उनले बलमा ३ चौका र २ छक्काको सहयोगमा नट आउट ३७ रन बनाए।

यस्तै जय किशन कोल्सावालाले सर्वाधिक २८ रन बनाए। २४ बल खेलेका उनले ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाएका हुन्। उनलाई हरि बहादुर चौहानले सोमपाल कामीको हात बाट क्याच आउट गराएका थिए। यस्तै अर्का ब्याट्सम्यान आदील खानले २३ रन बनाए। १५ बलमा १ चौका र १ छक्काका साथ २३ रन बनाएका खान अविनाश बोहोराको सिकार बने।

ओपनिङमा आएका सुबाश खकुरेलले १५ रन बनाए। २२ बलमा १५ रन बनाएका खकुरेल रन आउट हुन पुगे। साथै टिमका कप्तान ज्ञानेन्द्र मल्लले समेत १५ रन बनाउन सके। उनलाई नितेश थापाले आउट गराएका थिए। यस्तै काठमाण्डौका बिदेशी खेलाडी गौरव तोमराले मात्र १ रन बनाउन सके। उनी रन आउट भएका थिए। यस्तै टोलीका अर्का बिदेशी खेलाडी सुबोध भाटीले खाता खोल्न सकेनन्।

उनलाई समेत नितेश थापाले पवेलियनको बाटो देखाइदिए। काठमाण्डौका लागि अमर सिंह राउटेलाले १४ रन बनाए। बुटवलका लागि नितेश थापाले २ विकेट लिए। यस्तै हरि बहादुर चौहान र अविनास बोहोराले समान एक-एक विकेट लिन सफल भए। यसअघि सोमबार बिहान भएको दोस्रो दिनको पहिलो खेलमा धनगढी ब्लुज विजयी भएको थियो । विराटनगर टाइटान्सलाई पराजित गर्दै धनगढीले प्रतियोगितामा सुखद सुरुवात गरेको हो ।

मंगलबार पोखरा पल्टन र चितवन राइनोज आमनेसामने हुनेछन् । प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: