
पोखरा । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दै छिन् । उनलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे शपथ ग्रहण गराउनेछिन् ।
नेकपा उम्मेदवार भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
उनले २४ हजार ३ सय ९५ मत पाउँदा प्रतिद्वन्दी नेपाली कांग्रेसका खेमराज पौडेलले १५ हजार ९८६ मत पाएका थिए ।
कास्की २ का पूर्वसांसद एवं तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो । जहाँ नेकपाले रविन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।
कमेन्ट गर्नुहोस्
