
पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग(पीपीएल)मा आज बुधबार दुई खेल हुँदैछन् । पोखरा क्रिकेट रङ्गशालामा हुने पहिलो खेलमा काठमाडौँ गोल्डेनसले धनगढी ब्लुजसँग खेल्ने छ । बिहान ९ बजे सुरु हुने खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौँ पहिलो जितको खोजीमा हुनेछ । यता दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको धनगढी लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा पोखरा पल्टनससँग ९ विकेटले पराजित भएको काठमाडाँै दोस्रो खेलमा बुटवल ब्लास्टर्ससँग सुपर ओभरमा पराजित भएको थियो । काठमाडाँैँ आज धनगढीलाई पाखा लगाउँदै प्रतियोगितामा जिवित रहन चाहन्छ । दुई खेलमा अङ्क जोड्न नसकेको काठमाडाँँै अङ्क तालिकाको पुछारमा रहेको छ ।
यता धनगढी भने पहिलो खेलमा विराटनगरलाई ५ रनले पराजित गरेको थियो । धनगढी आज जित निकाल्दै प्रतियोगितामा विजयी यात्रा कायम राख्न चाहन्छ । एक खेलमा २ अङ्क जोडेको धनगढी अङ्क तालिकाको दोस्रो स्थानमा रहेको छ ।
आज नै हुने दोस्रो खेलमा विराटनगर टाइटान्सले पोखरा पल्टन्सको सामना गर्नेछ । विराटनगर र पोखराको खेल आज पौने १ बजे सुरु हुनेछ । पोखरा क्रिकेट रङ्गशालामा हुने खेलमा विराटनगर पहिलो जितको खोजिमा हुनेछ भने पोखरा दोस्रो जितको खोजीमा हुनेछ ।
प्रदिप ऐरीको कप्तानीमा रहेको विराटनगर पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो । विराटनगर अङ्क तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
शरद भेष्वाकरको कप्तानीमा रहेको घरेलु टोली पोखरा दोस्रो जितको खोजीमा रहेको छ । आफ्नो पहिलो खेलमा काठमाडाँैलाई ९ विकेटले हराएको पोखरा दोस्रो खेलमा भने चितवनसँग ६ विकेटले पराजित भएको थियो ।
२ खेलमा १ मा जित र १ मा हार भोगेको पोखरा अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । गत संस्करणको विजेता समेत रहेको पोखरा आज विराटनगरलाई हराउँदै अङ्क तालिकाको शीर्ष स्थानमा फर्कन चाहन्छ ।
प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वा्िधक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् ।
प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ ।
प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।
