पुनितको अर्धशतकमा विराटनगरले पोखरालाई दियो १ सय ४६ रनको लक्ष्य

Share:

पोखरा । दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपीएल) को चौँथो दिनको दोस्रो खेलमा विराटनगर टाइटान्सले पोखरा पल्टनसामु १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पुरा २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको हो ।

विराटनगरका लागि विराटनगरका लागि पुनित मेहेराले अर्धशतक बनाए । २६ बल खेलेका उनले ५ चौका र ४ छक्काको सहयोगमा ६१ रन बनाएका हुन् । सुनिल धमलाले ३६ रन बनाए । उनले ४० बलमा २ चौका र २ छक्का प्रहार गरे । उनी सर्वजित लड्डाको सिकार बन्न पुगे ।

मुहम्मद जैद आलम २६ रन बनाएर आउट भए । २७ बलमा २ चौका र २ छक्का प्रहार गरेका आलमलाई कुशल मल्लले प्रथामेश डाकेको हातबाट क्याच आउट गराए । प्रदिप ऐरी ६ रन बनाउँदा रन आउट हुन पुगे । लोकेश बमलाई पोखराका कप्तान शरद भेष्वाकारले २ रनमै पभेलियनकै दिशा देखाए ।

यस्तै नोमान खान १ रन बनाएर अउट भए । उनलाई समेत कप्तान भेष्वाकारको बलमा आसिफ शेखले क्याच आउट गराएका थिए । यस्तै राजु रिजालले ९ रन बनाए । पोखराका लागि शरद भेष्वाकारले २ विकेट लिए । यस्तै कुशल मल्ल, सर्वजित लड्डाले एक–एक विकेट लिए । पोखराले अहिले जवाफी ब्याटिङ गरिरहेको छ।

प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: