मेयरलाई निवेदन : ‘ट्राफिकको साङ्लो अनि बादशाह नीतिले जनता आजित भईसके’

Share:

पोखरा देशकै ठूलो शहर । सवारीको संख्याले ट्राफिकको समस्या उस्तै छ । मुख्य चोकको पार्किङ्गको समस्या भोग्नेलाई थाहा छ । यसबाहेकको दु:ख ट्राफिक प्रहरीले पनि दिन्छन् ।

पोखरामा बिना कारण जरिवाना तिराइएका घट्ना समेत छन् । ट्राफिक प्रहरीको दादागिरी नै छ पोखरामा भन्दा फरक नपर्ला । ट्राफिक प्रहरी सर्वसाधरण माथि हातपातको घटनामा पनि नमुछिएको भने होइन । बेलाबखत बाहिर आउने घट्नाले प्रहरी प्रशासनप्रति जनताको वितृष्णा बढिरहेको छ ।

ट्राफिक प्रहरीले गर्ने व्यवहार बारे प्रश्न उठ्दै आएको भएपनि कुनै पहल र परिवर्तन भएको देखिदैन ।

यो पनि हेर्नुस् : पोखरामा प्रहरीको जनसेवा – बिना गल्ती हत्कडी र जरिवाना

यस्तै गुनासो गर्दै पोखराका सन्तोष पोखरेलले पोखरा महानगरका प्रमुखको सामाजिक संजाल फेसबुकमार्फत ध्यानाकर्षण गराएका छन् । उनले केही तस्बिर पोष्ट गर्दै लेखेका छन् ::

नगर पिता ज्यूमा निवेदन,

मेयर साप हजुरजस्तो नेता भएको ठाउँमा नगरबासीलले दुख नपाउन।

तर…

सवारी चालकलाइ ट्राफिकले अपराधीलाई जस्तै व्यवहार गर्छ। मोटरसाइकल र कार (सवारी साधन) पोखरा महानगरपालिकाका सडकमा दौडाउनु के अपराध हो ? अनेक हुने नहुने नियम लगाएर दु:ख पाएका जनतालाइ सास्ती माथिको सास्ती।

कहिले सूचना बोर्डनै नराखी पार्किङ गर्न हुँदैन भन्दै सवारी साधनमा साङ्लो लगाउँछ। कहिले यो ठाउँ बस रोक्ने ठाउँ हो पार्किङ गर्न पाइन्थेन भन्दै साङ्लो लगाउँछ।

कहिले तेर्सो राख भन्छ, कहिले ठाडो भन्छ, कहिले सिधा राख । कहि नभएको जात्रा, थोरै छडके राख्दा सयौं गाडी अटने ठाउँमा बीस वटा मात्र अटने गरि सिधा राख भन्छ । थोरै छडके भयो भने यसरी पार्किङ गर्न हुँदैन भन्दै साङ्लो लगाउँछ।

यसरी उसरी अनेकन दु:ख। हैन मेयर साप हजुर जस्तो व्यक्ति भएको ठाउँमा कुन्नी के-को राज्य जस्तो अलि सुहायन कि ?

ब्यबसायी, नागरिक, विभिन्न संघ सस्थाको बृहत् भेलाबाट जनताले के चाहेका छन् छलफल राख्न सकिँदैन ? जताबाट हावालाग्यो उतै दौड्योले अलि हल्का भइन्छ कि ?

सोच्नुस हजुर, यो ट्राफिकको साङ्लो अनि बादशाह नीतिले जनता आजित भईसकेका छन्। दण्ड मात्र समाधान हैन , दण्डभन्दा त्यो सम्बन्धमा शिक्षा दिनु अझ महत्त्वपूर्ण हो रे। तर के हुँदैछ हाम्रो नगरमा ? किन अदुरदर्शी निर्णय हुन्छन् हाम्रो नगरमा ? कसले प्रभावमा पार्छ हाम्रा नेतालाइ। खै बुझ्नै सकिएन।

कमेन्ट गर्नुहोस्
Share: