
उदयपुर। उदयपुरमा आज (बिहीबार) बिहान बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
उदयपुर जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढा मगरका अनुसार बिहान सवा ९ बजेतिर भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जिप जिल्लाको उदयपुरगढी गाउँपालिका ३, गोठटारमा पल्टिँदा तीन जनाको घटनास्थलमै भएको हो।
दुर्घटनामा स्थानीय (दुर्घटनास्थल भएकै वडाका) टिकनारायण श्रेष्ठ, उनका भाइ मीनबहादुर श्रेष्ठ र अर्का स्थानीय ढकबहादुर मगरको मृत्यु भएको एसपी मगरले जानकारी दिए।
कमेन्ट गर्नुहोस्
