अफ्तावको अर्धशतकमा बुटवलको दोस्रो जीत, पोखरा ८ विकेटले पराजित

Share:

पोखरा। दोस्रो संस्करणको पोखरा प्रिमिएर लिग (पीपिएल) मा बुटवल ब्लास्टर्सले दोस्रो जीत निकालेको छ । शुक्रबार पोखरा क्रिकेट रंगशालामा भएको खेलमा पोखरा पल्टनलाई ८ विकेटले पराजित गर्दै बुटवलले दोस्रो जीत निकालेको हो ।

१ सय २२ रनको मध्यम लक्ष्य पछ्याएको बुटवलले २ विकेट गुमाउदै लक्ष्य भेट्टायो। उसका लागि ओपनर अफ्ताव उद्धिन अहमदले सर्वाधिक ७५ रन बनाए। उनले ४६ बल खेल्दै १२ चौका र २ छक्का प्रहार गरे। अहमदलाई राशिद खानले प्रथामेश डाकेको हात बात क्याच आउट गराए।

यस्तै अर्का ओपनर शंकर रानाले १९ रन बनाए। ओपनरद्वय अहमद र रानाले ८७ रनको साझेदारी गरेका थिए। उनलाई प्रथामेष डाकेले बोल्ड गरे। यस्तै भिम सार्कीले १५ रन गराए। पोखराका लागि प्रथामेश डाके, राशिद खानले १-१ विकेट लिए।

यसघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले ५ विकेट गुमाउंदै १२१ रन बनाएको थियो। पोखराका लागि रबिइन्द्र सिंहले सर्वाधिक अविजित ४५ रन बनाए। ४२ बल खेलेका उनले २ चौका र २ छक्काका साथ् ४५ रन बनाएका थिए। यस्तै पोखराका लागि प्रथामेश डाकेले अविजित २० रन बनाए। घरेलु टोली पोखराका लागि रोहित कुमार पौडेलले १९ रन बनाए। उनलाई नितेश थापाले आफ्नो सिकार गराए।

यस्तै इशान पाण्डेले १३ रन बनाउन सके। अरु ब्याट्सम्यानको प्रदर्हन उल्लेख्य रहन सकेन। बुटवलका लागि हर्ष टोङ्कले सर्वाधिक २ विकेट हात पारे। साथै नितेश थापा, शिभम सिंह, ललित भण्डारीले १-१ विकेट लिन सफल भए।

तीन खेल खेलेको बुटवलको यो दोश्रो जित हो। यता साविक विजेता पोखराले भने तेस्रो हार व्यहोरेको छ। पोखराले ४ खेल खेलको छ । यस्तै आज नै अर्को खेलमा चितवन राइनोज र एक्सपर्ट धनगढी खेल्ने छन् । यो खेल १२:४५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा ६ सहरका ६ टोलीको सहभागिता छ । नेपाली क्रिकेटमा सर्वा्धिक पुरस्कार राशि रहेको प्रतियोगिताको विजेताले रु २७ लाख र उपविजेताले रु १० लाख पुरस्कार पाउने छन् । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई मोटरसाइकल प्रदान गरिने आयोजकले जनाएको छ ।

यस्तै म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरलाई जगदम्बा मोटर्सले उपलब्ध गराउने टिभिएस मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई एक लाख र नमस्ते पोखरा प्रिमियर लिगको इमर्जिङ्ग खेलाडीलाई ५० हजार रुपैंया साथै प्रत्येक खेलमा नेपाल टेलिकम म्यान अफ दी म्याच हुने खेलाडीलाई १० हजार प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्
Share: