एकैदिन १० हजारले अवलोकन गरे लेखनाथ महोत्सव

Share:

लेखनाथ। बिहिबारदेखि कास्कीको लेखनाथमा सुरु भएको १६ औं संस्करणको लेखनाथ महोत्सव किनमेल स्थल बनेको छ ।

‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको महोत्सवले उत्पादक र उपभोक्तालाई एकै ठाँउमा भेटाउने चाजो पाजो मिलाएपछि महोत्सव किनमेलको स्थल बनेको हो ।

दर्शकहरुलाई मनोरन्जन दिनका लागि स्टेजमा राखिएका मनोरञ्जतात्मक कार्यक्रमहरु हेरेपछि बाहिरिने दर्शकहरु आफुलाई आवश्यक पर्ने सामानहरु लिएर फर्कने गरेकाले महोत्सव ब्यापारिक केन्द्रसँगै किनमेलको स्थल पनि बन्न सफल भएको हो ।

शुक्रबार करिब २० लाखको आर्थिक कारोवार भएको आयोजक संस्थाका महसचिव गोपिचन्द्र बास्तोलाले जानकारी दिएका छन् । शुक्रबार मात्र १० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघको दावी रहेको छ ।

महोत्सवमा रहेका करिव तीन सय ४० वटा स्टलहरुबाट दर्शकले आफुले रोजेका र खोजेका सामान पाइर्रहेका छन् । महोत्सव पुसको १५ गतेसम्म लेखनाथको तालचोकमा जारी रहनेछ ।

कमेन्ट गर्नुहोस्
Share: