पोखराबाट ठूलो मात्रामा लागूऔषध बरामद, चार जना पक्राउ

Share:

पोखरा । पोखराबाट ठूलो मात्रामा लागूऔषध र नगदसहित चार जना पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा दुई भारतीयसहित चार जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

लागूऔषध कारोबार भइरहेको जानकारी पाएपछि पुगेको प्रहरी टोलीले चारै जनालाई पोखरा-१७ हमाल चोकबाट शुक्रबार चेकजाँचको क्रममा समातेको हो ।

पक्राउ पर्नेमा रुपेन्देही गैडहबा गाउँपालिका-८ का ३६ वर्षीया गौमती सुनार, सिद्धार्थनगर नगरपालिका-१ बेकहिया का २६ वर्षीया प्रकाश पुन रहेका छन् ।

यस्तै भारतीय नागरिक २८ वर्षीया महबुब आलम र ३४ वर्षका बालेश्रर प्रजापती पनि पक्राउ परेका छन् ।

उनीहरु दुवै भारतको महाराजगञ्ज थाना नौतुनहवा पोष्ट अड्ड बजारका बासिन्दा हुन् ।

पक्राउ परेकाहरूको साथबाट डाईजापाम २ सय एम्पुल, फेनेरागन २ सय एम्पुल र नर्फिन २ सय एम्पुल गरी जम्मा ६ सय एम्पुल लागूऔषध, ११ हजार ४० भारतीय रुपैयाँ र ३ हजार २ सय ४५ नेपाली रुपैयाँ बरामद भएको छ ।

कास्की प्रहरीले पक्राउ परेका चारै जना माथी कानुनी कारबाही अगाडि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: