
बारा । बारामा जलाउँदै गरेको अवस्थामा एक महिलाको शव शवलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । पचरौता नगरपालिका–१, पिपरपातीबाट जलाउँदै गरेको अवस्थामा ३८ वर्षीया माल्तीदेवी नुनियाको शव नियन्त्रणमा लिइएको हो । मालती स्थानीय रामदयाल महतोको श्रीमती हुन् ।
श्रीमान् र श्रीमतीबीच झगडा हुँदा श्रीमतीलाई मारेर घरमै राखेको सूचना पाएपछि त्यस बारेमा बुझ्न प्रहरीको टोली गाउँ पुग्दा रामदयाल महतो नुनियाले श्रीमतीको शवलाई जलाउँदै गरेको खुलेपछि शव नियन्त्रणमा लिएको हो । मालतीको हत्या भएको आशंकामा अनुसन्धानका लागि शव नियन्त्रणमा लिइएको बारा प्रहरीले जनाएको छ ।
शव पूर्णरुपमा नजलेको कारण केही हाड फेला पारेको प्रहरीले जनाएको छ । रामदयाल दुई सन्तानसहित फरार छन् । उनले मदिरा सेवन गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । माइती पक्षले नै घटनाको बारेमा जानकारी दिएपछि प्रहरी तत्कालै गाउँमा पुगेको थियो ।
