ला लिगामा बार्सिलोनाले आलाभेजलाई हरायो

Share:

काठमाडौं । स्पेनीस लिग फुटबलमा शिर्ष स्थानको बार्सिलोनाले डेपोर्टिभो आलाभेजलाई ४–१ ले हराएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा बार्सालाई विजयी गराउन एन्टोइन ग्रिजम्यान, अर्टुरो भिडाल, लियोनल मेस्सी र लुईस सुवारेजले एक/एक गोल गरे ।

जितपछि बार्सीलोनाले दोस्रो स्थानको रियाल मड्रिडसँग ३ अंकको अग्रता लिएको छ । १८ खेलबाट बार्सिलोनाको ३९ अंक भएको छ भने १७ खेलबाट रियाल मड्रिडको ३६ अंक छ ।

रियालले आज एथ्लेटिक बिल्बाओसँग खेल्नेछ । ला लिगाअन्तर्गत गएरातीका अन्य खेलहरुमा सेभियाले मयोर्कालाई २–० ले हराउँदा भियारियालले गेटाफेमाथि १–० को जित निकाल्यो । भ्यालेन्सीया र रियाल भालाडोलिडले एक एक गोलको बराबरी खेलेका छन् ।

कमेन्ट गर्नुहोस्
Share: