आज सबैभन्दा छोटो दिन

Share:

काठमाडौं । आज (आइतबार) यस वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ। आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ।

पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन परेको हो। दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात परेको छ ।

हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुने हुँदा सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ। हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरुले बताउदै आएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: