
काठमाडौं । दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष दम्पती अपहरणमा परेका छन् । अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती लिला शाहीलाई विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले अपहरण गरेका हुन्।
उनीहरुलाई आफ्नै घरबाट शनिबार राति साढे १२ बजेतिर १५ जनाको समूहमा आएका मानिसहरुले अज्ञात स्थलतर्फ लगेको पारिवारिक स्रोतले जनाएको छ ।
उक्त घटना जानकारीमा आएको बताए पनि पुष्टि भने भैनसकेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
कमेन्ट गर्नुहोस्
