महिलाको शव फेला

Share:

ताप्लेजुङ । ताप्लेजुङमा एक महिलाको शव फेला परेको छ। मिक्वाखोला २ खोक्लिङको थापागाउँ निवासी करिव ३४ वर्षीया कविता थापाको शव फेला परेको ताप्लेजुङ प्रहरीले जनाएका छन्।

शनिबार साँझ ६ बजे स्थानीयले अधेरी प्राथमिक विद्यालय नजिकै सडकको भित्तामा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेपछि ईलाका प्रहरी चौकी दोभानबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरीको टोली घटनास्थलमा पुगेको छ। ति महिलाको टाउकोमा धारिलो हरियार प्रहार भएको देखिएको प्रहरीले जनाएको छ।

मृतक थापाका श्रीमान बैदेशिक रोजगारीको शिलसिलामा विदेशमा रहेको बताईएको छ।

कमेन्ट गर्नुहोस्
Share: