बिहीबार बिहान लाग्दै छ दुई घन्टा ४९ मिनेट लामो सूर्यग्रहण, के-के गर्नु हुँदैन ? (भिडियो)

Share:

काठमाडौं । आगामी बिहिबार औँसीका दिन बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ। बिहान ८ बजेर ४२ मिनेट जाँदा सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट ग्रहण शुरु हुनेछ। बिहान ८ बजेर ४२ मिनेटमा सुरु हुने ग्रहण १० बजेर १ मिनेटसम्म मध्य र ११ बजेर ३१ मिनेटमा समाप्त हुनेछ।

पूर्व र आग्नेय कोणको बीचबाट ग्रहण समाप्त हुने समितिले जनाएको छ। सूर्यग्रहणका बेलामा खानपिनलगायत महत्वपूर्ण काम गर्नु उपयुक्त नहुने गौतमले बताए।

पृथ्वी र सूर्यको बीचमा चन्द्रमा आउँदा र त्यसको छाँयाँ पृथ्वीमा पर्दा सूर्यग्रहरण देखिन्छ। यो सघन छाया र विरल छाया गरी दुई खालको हुन्छ। सघन छाया भएको भागमा पूर्ण सूर्यग्रहण अर्थात खग्रास देखिन्छ।

विरल छाया परेको भागमा आंशिक सूर्यग्रहण अर्थात खण्डग्रास देखिन्छ। सूर्यग्रहणलाई नांगो आँखाले हेर्न नहुने विज्ञहरुले बताएका छन्। विज्ञका अनुसार नाङ्गो आँखाले हेर्दा आँखाको दृष्टि पनि गुम्न सक्छ।

यसअघिका सूर्यग्रहणका बेला सरकारले सार्वजनिक बिदा दिने गरेको थियो। यसपटक भने क्यालेन्डरमा बिदा उल्लेख गरिएको छैन।

हेरौं देवघाटको महेश संस्कृत गुरुकुल विद्यापिठमका विद्यार्थी प्रदिप पौडेलले तयार पारेको यो भिडियो::

कमेन्ट गर्नुहोस्
Share: