प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित, पुष १६ गते बस्ने

Share:

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक विशेष कारणवस सूचना टाँस गरेर स्थगित गरिएको संसद सचिवालयले जनाएको छ । अर्को बैठक पुष १६ गते बस्ने संसद सचिवालयले जनाएको छ ।

सत्तारुढ नेकपाले सभामुखको उम्मेदवार तय गर्न नसक्दा अन्तिम समयमा सूचना टाँस गरेर बैठक स्थगित भएको हो । बैठक स्थगित हुँदा सभामुख चयन प्रकृया पछि धकेलिएकाे छ । शुक्रबारको बैठकको कार्यसूचीमा सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने थियो ।

नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन । उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपाले निर्देशन दिएको भनिएपनि उनले राजीनामा दिएकी छैनन् ।

कमेन्ट गर्नुहोस्
Share: