नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रर्दशन मिति घोषणा

Share:

काठमान्डौँ । एस एस इन्टरनेशनल प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रर्दशन मिति घोषण गरिएको छ । आइतबार एक कार्यक्रमका बिच उक्त प्रर्दशन मिति घोषण गरिएको हो । चलचित्रलाई आगामी बैशाख २६ गते नेपाल अधिराज्य भरी प्रर्दशन गर्न लागिएको चलचित्रका निर्देशक उदय सुब्बाले जानकारी दिए । हास्य प्रद्धान कथामा तयार पारिएको चलचित्रलाई चर्चित निर्देशन उदय सुब्वाले निर्देशन गरेका छन् ।

मनोरञ्जनात्मक ढंगबाट तयार पारिएको चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ । विक्रमको छायाँकन, राजु किरातीको द्धन्द्ध र राम जी लामिछानेको नृत्य निर्देशन रहेको छ । चलचित्रमा विकाश चौधरीको संगीत रहेको छ ।

आकाशे खेतीमा विल्सन विक्रम राई तोक्मे बुढा ,गौरव पहाडी , निता ढुङ्गगाना , बुद्धि तामाङ्ग, रविन्द्र झा , रजनी गुरुङ्ग, अनुप याक्सो , रमा लिम्बु , लक्षु शर्मा , प्रकाश शर्माको अभिनय चलचित्रमा रहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: