भारतबाट प्याज ल्याउनेसँग घुस लिने सशस्त्रका घुमुवा अख्तियारको फन्दामा

Share:

विराटनगर– सशस्त्र प्रहरीबाट घुमुवाको रुपमा (सादा पोषाक)मा परिचालित प्रहरी जवान घुससहित पक्राउ परेका छन् ।

भारतबाट प्याज ल्याउने व्यापारी तथा स्थानीय जनतासँग लिएको ५ हजार ५ सय रुपैयाँ घुससहित सशस्त्र प्रहरी जवान सचितनारायण विश्वास पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले प्रहरी जवान विश्वासलाई विराटनगर महानगरपालिका–११ बसपार्कबाट पक्राउ परेका हुन् ।

मोरङको ग्रामथान तेतरिया घर भएका विश्वास सशस्त्र प्रहरीको विराटनगरस्थित बोर्डर आउट पोस्ट (बीओपी) बखरीमा कार्यरत थिए ।

कमेन्ट गर्नुहोस्
Share: