विप्लव समूहका युवा नेताले आत्मसमर्पण गरे

Share:

बाग्लुङ । नेत्रविक्रम चन्द विप्लव समूह निकट युवा सङ्गठन बागलुङका जिल्ला सचिवले जिल्ला प्रशासन कार्यालय बागलुङमा आत्मसर्मपण गरेका छन् । जिल्ला सचिव सहलबहादुर सुनारले सोमबार आत्मसमर्पण गरेका हुन् ।

गलकोट नगरपालिका–४ का सुनारले सो समूह परित्याग गरी स्वतन्त्र नागरिकको हैसियतमा रहने प्रतिबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, प्रहरी उपरीक्षक नवराज भट्टलगायतको रोहबरमा आत्मसर्मपण गरेका हुन् ।

नेपालको संविधान, कानूनविपरीत हुने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता गर्दै पार्टी परित्याग गरेको उनले घोषणा गरेका छन् । जिल्ला अदालतले सुनारलाई आइतबार रु १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

कमेन्ट गर्नुहोस्
Share: