अन्य दललाई सभामुख दिदैनौं, निर्मलाका हत्यारालाई छाड्दैनौं : सञ्चारमन्त्री बाँस्कोटा

Share:

कञ्चनपुर । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कालापानी, लिपुलेक मात्रै नभइ लिम्पियाधुरा पनि नेपालकै भूमी भएको बताएका छन् । प्रेस संगठन कञ्चनपुरले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मलेनमा बोल्दै मन्त्री बाँस्कोटाले भारतले कालापानी लिपुलेकमा दाबी गरेपनि लिम्पियाधुरासम्म नेपालकै भएको बताएका हुन् ।

उनले यस विषयमा भारत सरकारलाई पत्र पठाइएको र त्यसको सकारात्मक जवाफ आएको बताउँदै आफूहरुले ब्रिटिसकालिन सन्दर्भ सामाग्राीलाई तथ्य बनाउनुपर्ने माग राखेको बताए । बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताए ।

उनले अन्य दललाई उक्त पद नदिने सङ्केत गरे । ‘सत्तापक्षमै सभामुख हुने व्यक्ति छँदैछन्,’ मन्त्री बाँस्कोटाले भने, ‘सत्तापक्षका उच्चस्तरका नेताबीच सम्भवतः यो पदका विषयमा सहमति भइसकेको छ ।’ उनले सभामुखको विषय चाँडै टुङ्गो लाग्ने जानकारीसमेत दिए ।

त्यसैगरी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरण सरकारले त्यसै नछाड्ने मन्त्री बाँस्कोटाले बताए । विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताउँदै उनले घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याएर छाड्ने जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: