तनहुँमा ट्र्याक्टर चालक मृत भेटिए, अर्को ट्र्याक्टर बसपार्कमा रक्ताम्मे भेटियो, चालक फरार

Share:

पोखरा । तनहुँमा एक ट्र्याक्टर चालक मृत फेला परेका छन् । जिल्लाको व्यास नगरपालिका–१ गल्वुबेंसीमा मृतावस्थामा फेला परेका सुशील परियार म्याग्दे गाउँपालिका–१ गुणादीका हुन् ।

२६ वर्षीय परियार छाब्दी वाराही कन्स्ट्रक्शन प्रालिको ग१त २३८२ नंको ट्र्याक्टरका चालक रहेको जनाइएको छ । बसपार्कमा भेटिएको अर्को ना६त ६८७२ नंको ट्र्याक्टर रक्ताम्मे अवस्थामा भेटिएकाले परियारलाई सोहि ट्र्याक्टरले किचेको हुन सक्ने प्रहरीको अनुमान छ । उक्त ट्र्याक्टरका चालक फरार रहेकाले खोजी भइरहेको छ ।

ट्र्याक्टरले किचेर मृत्यु भएपछि शवलाई त्यही छाडेर भागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तनहुँ प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: