
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ ।
हिजो छापावाला सुन प्रतितोला ७३ हजार ५ सय र तेजाबी सुन प्रतितोला ७३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मूल्यमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य स्थिर रहे पनि चाँदीको भाउ भने घटेको छ । हिजो प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदी आज भने १० रुपैयाँले घट्दै ८ सय ९० रुपैयाँमा कारोबार भएको छ ।
कमेन्ट गर्नुहोस्
