पश्चिमी न्यून चापिय प्रणाली नेपालमा, वर्षा र हिमपातको सम्भावना

Share:

काठमाडौं । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावले देशभर चिसो बढेको छ । देशभर मौसम सामान्य बदली रहेको छ ।

आज उच्च पहाडि तथा हिमालि भुभागका अधिकांश स्थानहरुमा हिमपात र पश्चिम तथा मध्यका केहि स्थानहरुमा वर्षाको तथा पूर्वका एक वा दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती देशभर सामान्य बदली रहि केहि स्थानहरुमा मध्यम वर्षाको संभावना रहेको छ । उच्च पहाडि तथा हिमालि भू–भागमा भने हिमपातको सम्भावना छ ।

कमेन्ट गर्नुहोस्
Share: