बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, ग्याँसको यथावत

Share:

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणाली अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ । हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य हालकै यथावत राखिएको छ ।

अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर १११ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ कायम गरिएको छ ।

बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । समायोजन पश्चात् काठमाडौंसहित सुर्खेत र दिपायलमा १११ रुपैयाँ प्रति लिटर पर्नेछ।

पोखरा र दाङमा ११० रुपैयाँ ५० पैसा प्रतिलिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी)मा प्रतिलिटर १०९ रुपैयाँ ५० पैसा पर्नेछ।

कमेन्ट गर्नुहोस्
Share: