राष्ट्रिय पोशाक दिवस मनाइँदै

Share:

पोखरा । आज राष्ट्रिय पोशाक दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाली पोशाक संरक्षण गर्ने उद्देश्य सहित वि.सं. २०७० साल पौष १७ गतेका दिन देखी काभ्रेपलाञ्चोक जिल्लाको बनेपाबाट राष्ट्रिय पोशाक दिवस मनाउन सुरुवात गरिएको हो ।

“मेरो शान,मेरो पहिचान,राष्ट्रिय पोशाक संरक्षण महाअभियान” भन्ने मुल नारा लिएर नेपालमा मात्र नभई विश्वभरि छरिएर रहेका नेपालीहरुले हरेक बर्ष पौष १७ गते भव्यताका साथ मनाउदै आईरहेका छन्।

नेपालको औपचारिक पोशाक सरकारले घोषणा गरि सिंगो नेपालीहरुको पहिचान विश्वसामु पुर्याउने मुल लक्ष्यका साथ यस दिवस मनाएको हो। राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले राष्ट्रिय पोशाक संरक्षणको पहल गरियोस भन्दै विगत ७ बर्ष देखी निरन्तर सम्वन्धित निकायहरुमा दवाव दिँदै आएका छन्।

आजको दिन विभिन्न जिल्लाहरुका अभियान्ताहरुको सहकार्यमा प्रदेश प्रदेशमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु गर्दै हरेक नेपालीहरुको मानसपटलमा पोशाकको सम्मान,आवश्यक्ता र संरक्षणमा युवाहरुलाई समेट्दै विभिन्न जिल्लामा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ।

कमेन्ट गर्नुहोस्
Share: