
काठमाडौं । पश्चिमी न्यूनचापिय प्रणालीका कारण अहिले देशभरको मौसम बदली भएको छ। पश्चिमका केहि भागका पानी परिरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
आज (शुक्रबार) पनि देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्।


कमेन्ट गर्नुहोस्
