
पोखरा । पोखरामा बिहानैदेखि हल्का पानी परिरहेको छ । पश्चिमी न्यूनचापिय प्रणालीका कारण अहिले पोखरासहित देशभरको मौसम बदली भएको छ। आज दिनभरको मौसम यस्तै रहने बताइएको छ। पोखरामा केहि समय रोकिए पनि फेरि वर्षा हुने देखिन्छ ।
पोखराको मौसम पूर्वानुमान::
पश्चिमका केहि भागका पानी परिरहेको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
आज देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।विशेषगरी मध्य र पूर्वका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ र अन्य ठाउँमा पानी पर्ने सम्भावना छ ।
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
पौष १८ गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
राती : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा मध्यम देखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ ।
पौष १९ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात र पहाडका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
पौष २० गते (आइतबार)
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।
राती : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भाग थोरै स्थानहरुमा हल्का हिमपात र पहाडका एक /दुई स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ ।



