
काठमाडौं । ललितपुरको पाटन गावाहलमा आज (शनिबार) बिहान शंकास्पद वस्तु फेला परेको छ । टेपले बेरिएको अवस्थामा गावाहलको सडकमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
उक्त वस्तु के हो परिचान हुन सकेको छैन । शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ । अहिले प्रहरीले शंकास्पद वस्तु भएको क्षेत्रमा घेरा हालेर बसेको छ ।
कमेन्ट गर्नुहोस्
