नेकपा प्रदेश ३ को संसदीय दलको बैठक बस्दै

Share:

काठमाडौं । नेकपा प्रदेश नम्बर ३ को संसदीय दलको बैठक आज (शनिबार) पनि बस्दैछ । नाम र राजधानीको विषयमा छलफल गर्नका लागि आज बिहान ११ बजे मुख्यमन्त्री निवासमा बैठक बस्ने जनाइएको छ ।

बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्ने र सर्वसम्मत ढंगले अगाडी बढाउने तयारी भएको नेकपा प्रदेश संसदीय दलले जनाएको छ । शुक्रबारको बैठकमा मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णयअनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताएका थिए ।

तर नेकपाका केही सांसदले सचिवालयको निर्णय मान्य नहुने भन्दै राजधानी काभ्रेमा बनाउनुपर्ने बताएका छन् । पार्टी केन्द्रको निर्देशन अवज्ञा गर्ने गरी उनीहरुले प्रदेश राजधानी काभ्रे बनाउने गरी हस्ताक्षर अभियानसमेत सुरु गरेका छन्।

प्रदेश सरकार बनेको दुई वर्षपछि प्रदेश ३ ले प्रदेशको केन्द्र र नाम पुस २२ मा टुंग्याउँदैछ।

कमेन्ट गर्नुहोस्
Share: