अश्लील सामग्री पठाएको आरोपमा अस्ट्रेलियामा नेपाली पक्राउ

Share:

काठमाडौं- अस्ट्रेलियामा एक नेपाली पक्राउ परेका छन्। साउथ वेल्स प्रहरीले २९ वर्षीय एक नेपालीलाई सिड्नीको पश्चिम क्षेत्रबाट १४ वर्षीया किशोरीलाई गलत नियतले भेट्न खोजेको आरोपमा पक्राउ गरेको छ ।

न्यू साउथ वेल्स प्रहरीका अनुसार गत नोभेम्बर महिनादेखि बालयाैन शोषण तथा यौन अपराध विभागका प्रहरीले ती आरोपित व्यक्तिमाथि अनलाइनमार्फत निगरानी गरिरहेका थिए ।

प्रहरीले ती व्यक्तिले १४ वर्षीया किशोरीसँग कुरा गरेको थाहा पाएर पनि अश्लील सामग्रीहरू पठाएको तथा यौन सम्पर्कका लागि भेट्ने प्रबन्ध मिलाएको आरोप समेत लगाएको छ ।

ती आरोपित नेपाली सिड्नीको वेन्टवर्थभिलमा बस्दै आइरहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: