

काठमाण्डाै – सुनको भाउले आइतबार पनि नयाँ रेकर्ड बनाएको छ ।
सुनको भाउ आइतबार अहिलेसम्मकै महँगो तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आइतबार एकैदिन तोलामा एक हजार रुपैयाँ बढेको हो ।
गएकाे शुक्रबार पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँ नै बढेर तोलाको ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

कमेन्ट गर्नुहोस्
