‘मलाई सन्दीपसँग नेपाल घुम्न मन छ, उनले नेपालमा खेल्न आग्रह गरेका छन्’ – क्रिकेटर जाम्पा

Share:

पोखरा। नेपाली लेग स्पिनर तथा ग्लोबल आइकन अहिले अस्ट्रेलियामा छन्। उनी अहिले आफ्नो करियरको दोश्रो बिग ब्यास लिग खेलिरहेका छन्। सन्दीपले यस सिजन ५ खेलमा ६ विकेट लिन सफल भएका छन् ।

शनिबार सन्दीपको टोलि मेलबर्न स्टार्सले डर्बी क्लब मेलबर्न रेनेगेड्सलाई ८ विकेटले हरायो। मेलबर्न क्रिकेट मैदानमा रेनेगेड्सले दिएको १ सय ४३ रनको लक्ष्य स्टार्सले १८ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

मेलबर्नको जितमा सन्दीप र अर्का लेग स्पिनर अडाम जाम्पाले उत्कृस्ट प्रदर्शन गरे। ‘स्पिनर जुम्ल्याहा’ को उपनाम पाएको सन्दीप-जाम्पाको जोडीले ५ महत्त्वपुर्ण विकेट लिन सफल भयो। यो जोडीले ४५ रन खर्चदै ५ विकेट लिएर आफ्नो टोलीलाई सहज जित तर्फ उन्मुख गराउन सफल रह्यो ।

खेलपछि अडाम जाम्पाले सन्दीप र आफ्नो साजेदारी राम्रो रहेको बताए। अघिल्लो संस्करणको बिग बासदेखि आफ्नो सम्बन्ध निकै राम्रो रहेको जाम्पाले सुनाए। ‘ऊ(सन्दीप) र म निकै मिल्छौ,’ जाम्पाले भने,’अघिल्लो सिजनको बिग बासदेखि हामि निकै मिलन थालेका छौं। ‘ उनले सन्दीप र आफूबीच निकै धेरै कुराकानी हुने समेत बताए। ‘हामि बीच निकै धेरै कुराकानी हुन्छ। सन्दीपले मलाई नेपाल घुम्नका लागि पनि प्रस्ताव गरेका छन्।’ जाम्पले सुनाए।

‘उनले मलाई नेपाल जान भनेका छन्, मलाई जान मन छ।’ जाम्पाले भने, ‘म नेपालमा लामो पैदल यात्रा गर्न चाहन्छु।’  जाम्पाले आफुलाई सन्दीपले नेपाली लिग खेल्न आग्रह गरेको समेत खुलाएका छन्। ‘उनले मलाई नेपाली लिग खेल्न पनि आग्रह गरेका छन्। ‘जाम्पाले भने।

‘मलाई सन्दीपसँग घुम्न जान मन लाग्छ, ऊ मेरो क्युट साथि हो।’ जाम्पाले भनेका छन्,’सन्दीप निकै मिहिनेती छ, उ मलाई निकै मन पर्छ।’ जाम्पाले सन्दीपले बेलाबखत आफुहरुलाई अस्ट्रेलियामा रहेका नेपाली रेस्टुरेन्ट लैजाने गरेको समेत बताए।

हेर्नुहोस भिडियो :

कमेन्ट गर्नुहोस्
Share: