
पोखरा । पोखराको काहुँखोलामा ठूलो परिमाणको लागुऔषध सहित दुईजना पक्राउ परेका छन्।
पक्राउ हुनेमा पोखरा–१३ पाटनवेशीका २१ वर्षीय अनुप तामाङ र पोखरा–३० शिसुवाका १९ वर्षीय विशाल परियार रहेका प्रहरीले जनाएको छ । र वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले दुई जनाबाट ९४ एम्पुल डाइजेपाम, ९४ एम्पुल नुर्फिन र ९२ एम्पुल फेनरागनसहित २ थान मोबाइल र एउटा मोटरसाइकल पनि बरामद गरेको उल्लेख गरेको छ ।
चेकजाँच गर्ने क्रममा तामाङले चलाएको ग ०७ प ६१२४ नं.को मोटरसाइकल भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएर खानतलासी लिँदा लागुऔषध फेला परेको प्रहरीले बताएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारवाही प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको पनि प्रहरीले जनाएको छ।

