कांग्रेस असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज पनि

Share:

काठमाडौं । असन्तुष्ट नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेला आज पनि जारी रहने भएको छ। बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले आफुनिकट जिल्ला सभापतिहरुसँग सोमबारदेखि छलफल थालेका हुन्। यो भेलामा ४० भन्दा बढी जिल्लाका पार्टी सभापतिहरु सहभागी छन्।

पार्टी सभापति देउवाले विधानका प्रावधानहरु निलम्बन गरेको र सहमतिको परम्परा तोड्दै बहुमतका आधारमा विभिन्न निर्णय गरेको भन्दै असन्तुष्ट नेतानिकट जिल्ला सभापतिहरु यतिखेर काठमाडौंमा छन्। भेलामा उपस्थित भएका जिल्ला सभापतिहरुले सहमतिकै आधारमा अघि बढ्न नेताहरुलाई सुझाव दिएको पौडेल निकट केन्द्रीय सदस्य हृदयराम थानीले जानकारी दिए।

पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका र नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउने विषयमा कुरा नमिल्दा पार्टीभित्र असमझदारी बढेको छ । कांग्रेसले महाविधेशन अर्को वर्ष फागुन पहिलो हप्तामा गर्ने, पार्टीका विभागलाई २८ बाट ४१ र्पुयाउने, तरुणदलको कार्यकाल थप्ने लगायका निर्णय लिएको थियो।

कमेन्ट गर्नुहोस्
Share: