राष्ट्रिय सभा सदस्य उम्मेदवारविरुद्ध एउट पनि उजुरी परेन

Share:

काठमाडौं । राष्ट्रिय सभा चुनावका उम्मेदवारहरु विरुद्ध एउटा पनि उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ। आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाविरुद्ध हिजो दिनभर उजुरी दिन आह्वान गरेको थियो। कुनै पनि प्रदेशमा उम्मेदवारविरुद्ध उजुरी परेको जानकारी नआएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

आज (मंगलबार) उम्मेदवारको मनोनयनपत्र अध्ययन गरी भोली उम्मेदवारको नामावली प्रकाशन गरिने प्रवक्ता श्रेष्ठले बताए। पर्सि २४ गते उम्मेदवारलाई नाम फिर्ताको समय दिइनेछ। २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसैदिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने आयोगको कार्यतालिका छ।

माघ ९ गते हुने राष्ट्रियसभाका १८ सदस्यको निर्वाचनका लागि ४५ जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी गरी ६ दलका उम्मेदवारहरुले उम्मेदवारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: