
पोखरा। आज (बुधबार) देशका मध्य क्षेत्रका अधिकांश ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभावले बुधबार र बिहीबार देशका विभिन्न ठाउँमा मेघगर्जनसहित पानी पर्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताएका छन् ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा भने मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बुधबार र बिहीबार देशभरिकै मौसम बदली भए पनि शुक्रबारदेखि भने मौसम बिस्तारै खुल्ने मौसमविद्को अनुमान छ ।
कमेन्ट गर्नुहोस्

