खाडीमा समस्या आए तत्काल उद्धार : श्रममन्त्री राय

Share:

काठमाडौं । सरकारले अमेरिका–इरान तनावका कारण खाडीका मुलुकमा कार्यरत् नेपाली श्रमिक समस्यामा परे तत्काल उद्धार गर्न तयार रहेको जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर रायले मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मध्यपूर्वमा देखिएको तनावलाई सरकारले नजिकबाट नियालिरहेको र केही समस्या देखिए तत्कालै समाधान खोजिने बताए ।

मध्यपूर्वी क्षेत्रमा तनाव देखिनेबित्तिकै आफूले पराराष्ट्रमन्त्रीसँग यस विषयमा छलफल गरेको जानकारी दिँदै उनले परराष्ट्रमार्फत् सम्बन्धित मुलुकमा रहेको कूटनीतिज्ञलाई चनाखो हुन आग्रह गरिएको बताए ।

परराष्ट्र मन्त्रालयको अगुवाइमा श्रम, गृहलगायत सरोकारवाला मन्त्रालयसँगको समन्वयमा आवश्यक टोली बनाउने तयारी भइरहेको उनले जानकारी दिए । श्रम र परराष्ट्रसचिव स्तरमा पनि नियमित संवाद भइरहेको उनको भनाइ थियो ।

कमेन्ट गर्नुहोस्
Share: