आजदेखि मौसममा सुधार

Share:

काठमाण्डौं । पश्चिमी वायुको प्रभावले केही दिनदेखि बदली भएको मौसम शुक्रबारदेखि सुधार हुने भएको छ। पश्चिमी वायु कमजोर भएकाले शुक्रबारदेखि मौसममा सुधार आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज देशका अधिकांश क्षेत्रमा वर्षा र हिमपात हुन पनि रोकिने छ। वर्षा र हिमपात रोकिए पनि चिसो भने कायमै रहने महाशाखाले जनाएको छ।

यस्तै, देशको मध्य र पूर्वका आकाशमा आंशिकरुपमा बादल लाग्ने सम्भावना भने रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: