आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै

Share:

काठमाडौं । आज (शुक्रबार)  राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ। ग्रहण राति १० बजेर ५२ मिनेटदेखि शुरु भएर ३ बजेसम्म रहनेछ। यो ग्रहण नेपाललगायत, भारत, एसिया, अफ्रिका र अस्टेलियाको पूरै क्षेत्र तथा अमेरिकाको उत्तरी क्षेत्रबाट देखिनेछ।

यो चन्द्रग्रहणमा पातलो छाँया र खण्डग्रास मात्र देखिने बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सनतकुमार शर्माले जानकारी दिएका छन् ।

पृथ्वीले सूर्यको र चन्द्रमाले पृथ्वीको परिक्रमा गर्छन्। पृथ्वीले सूर्यको परिक्रमा गर्दै चन्द्रमा र सूर्यको बीचमा आउँदा चन्द्रमा पृथ्वीबाट छोपिन्छ र त्यहाँ सूर्यको किरण पुग्न नपाई चन्द्रग्रहण लाग्छ।

कमेन्ट गर्नुहोस्
Share: