पोखरामा ‘एक्सेस’को ‘न्यूजिल्याण्ड एजुकेशन फेयर’, एकै ठाऊँमा १२ कलेजहरुको सहभागिता

Share:

बिग न्यूज

पोखरा, २५ पुस । एक्सेस एजुकेशन नेटवर्क प्रालिले ‘न्यूजिल्याण्ड एजुकेशन फेयर’ गर्ने भएको छ । जनवरी १४ अर्थात पुस २९ गते हुने एजुकेशन फेयरमा न्यूजिल्याण्डका १२ वटा कलेजहरुको सहभागिता रहने एक्सेसले जानकारी दिएको छ ।

‘अध्ययनका लागि न्यूजिल्याण्ड जान चाहने विद्यार्थीहरुका लागि यो फेयर साँच्चै फलदायी हुनेछ । कारण, उनीहरुले एकै ठाऊँमा १२ भन्दा बढि कलेजका प्रतिनीधिहरुलाई प्रत्यक्ष भेटेर जानकारी लिन सक्छन् ।’ एक्सेस एजुकेशन नेटवर्क पोखराका निर्देशक राजन भण्डारीले भने–‘त्यसैले धेरै भन्दा धेरै विद्यार्थीहरुले फेयरमा सहभागिता जनाउन् भन्ने हामी चाहन्छौँ ।’

विद्यार्थीहरुले निशुल्क रुपमा यो फेयरमा सहभागिता जनाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीको कार्यालय रहेको सिद्धार्थचोकस्थित ‘रुपाकोट कम्प्लेक्स’मा यो फेयर हुने कम्पनीका अर्का निर्देशक विजय अधिकारीले जानकारी दिए । ‘विद्यार्थीहरुले फेयरको क्रममा कलेज यूनिभर्सिटीको बारेमा जानकारी लिनुसँगै त्यहीँबाट अप्लाइ पनि गर्न सक्छन् ।’–‘त्यो बाहेक फेयरमा आएका विद्यार्थीहरुले न्यूजिल्याण्ड अध्ययनको क्रममा पाईने छात्रवृत्तिको विषयमा पनि जान्न सक्नेछन् ।’

त्यस्तै फेयरमा अफिसियल बैंकको रुपमा नबिल बैंक पनि रहने कम्पनीले जनाएको छ । बैंकको स्टलमार्फत विद्यार्थीहरुले न्यूजिल्याण्ड जान आवश्यक शैक्षिक कर्जाको विषयमा जानकारी लिन सक्नेछन् ।

कम्पनीले फेयरमा आउने पहिलो १ सय जना विद्यार्थीहरुलाई विभिन्न गिफ्ट ह्याम्परको व्यवस्था समेत गरेको छ ।

एक्सेस एजुकेशन नेटवर्कले विशेषगरि न्यूजिल्याण्ड जाने विद्यार्थीहरुलाई परामर्श दिँदै आएको छ । एक्सेस न्यूजिल्याण्डका प्रतिष्ठित कलेज तथा यूनिभर्सिटीहरुको आधिकारिक एजेन्सी पनि हो ।

कमेन्ट गर्नुहोस्
Share: