मंगलबारदेखि बास्केटबल लिग ‘थ्री अन थ्री वेस्ट’, पोखरामा पुस २९ र ३० गते

Share:

काठमाडौं । नेपाल बास्केटबल लिग (एनबीएल) ‘थ्री अन थ्री वेस्ट’ प्रतियोगिता आउँदो मंगलबारदेखि हुने भएको छ । प्रतियोगिता पोखरासहित ३ शहरमा हुनेछ । पोखराको पहिलो लेग यही पुस २९ र ३० गते हुने आयोजक एनबिएल प्राइभेट लिमिटेडले जनाएको छ ।

पोखरामा कम्तीमा पनि २० टोलीको सहभागिता रहनेछ । यस्तै, १४ टोलीको सहभागिता रहने बुटवलको लेग आउँदो माघ ४ गते हुनेछ ।

त्यस्तै, धनगढी लेग माघ ६ गते हुनेछ । तीनओटै लेगको फाइनलमा प्रवेश गर्ने टोलीहरुले धनगढीमै हुने एनबीएल वेस्टको फाइनल चरणमा माघ ८ र ९ गते खेल्नेछन् । उपाधि विजेताले ५० हजार तथा उपविजेताले २५ हजार रुपैयाँ पाउनेछ ।

कमेन्ट गर्नुहोस्
Share: