
पोखरा । मूगौला पिडीत मूगौला पिडीत सरोकार समाज गण्डकी प्रदेशले आफू पनि बर्चौ र अरुलाई पनि बचौ भन्ने मूल नाराका साथ आज पोखरामा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालबाट विभिन्न जनचेतना मुलक नारा अंकित प्ले कार्ड सहित सुरु भएको र्याली रानीपौवा , महेन्द्रपूल , चिप्लेढुंगा, न्यूरोड हूदै पृथ्वीचोक मा पुगेर कोण सभामा परिणत भएको थियो ।
सभामा बोल्दै गण्डकी प्रदेश सासद मिना गुरुङले मृगौला पिडितहरुकोे समस्याहरुको बारेमा संसदमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गर्नु गरिन । सो अवसरमा गुरुङले मृगौला सम्बन्धी समस्याबाट पिसडत भएका बिरामीहरुका लागि सरकारले जिविकापार्जनको लागि दिदै आएको ५, ००० रकम कतौटि गरेको बारेमा पनि आवज उठाउने बताइन । सभामा बोल्ने बत्ताहरुले रोग लाग्न भन्दा रोग लाग्नै नदिनका लागि नियमित स्वास्थ्य परीक्षण गरि रहन सहभागीहरुलाई सुझाव दिएका थिए ।
जिल्ला अध्यक्ष संजय कुमार राना भाटको अध्यक्ष्तामा भएको कार्यक्रमा सचिव सुरन र्शमाले संचालन गरेका थिए । र्यालीमा सहभागीहरुले मोटोपन, मधुमेह, तथा उच्च रक्तचापलाई नियन्त्रण गरौं, अंग फेल हुनबाट बचौं, अंग प्रत्यारोपणमा लैंगिक भेदभावको अन्त्य गरौं, आफ्नो स्वास्थ्यबारे सचेत रहौं, उपचार भन्दा रोकथाम बेस लगायतका नारा अंकित प्ले कार्ड बोकेका थिए ।

