गायक निशान भट्टराईको कार दुर्घटनामा परी निधन

Share:

काठमाण्डौं । गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी निधन भएको छ ।

मंगलबार राति दरबारमार्ग्स्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा भट्टराईले चलाएको बा १० च ३०४ नं. को कार तीनकुनेस्थित सडकको पोलमा ठोक्किएर दुर्घटना भएको थियो । जसमा भट्टराई गम्भीर घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा उपचारका क्रममा उनको निधन भएको हो ।

सुनसरी धरान उपमहानगरपालिका १४ का भट्टराई स्टेजसँगै होटल रेस्टुरेन्टहरू गजल गाउँदै आइरहेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: