
काठमाडौं । दक्षिण कोरियामा पाँचथरका एक युवकले आत्महत्या गरेका छन् । पाँचथरको फिदिम नगरपालिका २ को लालीखर्कका विवेक राईले शनिबार राति झुण्डिएर आत्महत्या गरेको सोलमा रहेको नेपाली दूतावासले जनाएको छ ।
राई २१ महिनाअघि रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा पुगेका थिए । कोरियाको दक्षिणी भाग छाङ उमसिमा बङ्गुर फार्ममा काम गर्दै आएका राई केही महिना अघि नेपाल आएर कोरिया फर्केका थिए ।
बेलुकाको खाना खाएर एउटै कोठामा सुतेका उनका साथीहरुले बिहान उठ्दा विवेकलाई नदेखेपछि खोजी गर्दा कम्पनीभित्रै झुण्डिएको अवस्थामा भेटेका थिए । राईको आत्महत्याको कारण भने नखुलेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
