ए डिभिजन लिग : आज सङ्कटा र आर्मी खेल्दै

Share:

काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत मङ्गलबार छैटौँ चरणको अन्तिम खेल हुँदैछ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा दिउँसो ३ बजे सङ्कटा क्लब र त्रिभुवन आर्मी क्लब प्रतिस्पर्धा गर्दैछन् ।

पाँचौँ चरणको खेल समाप्ति हुँदा शीर्ष स्थानमा रहेको आर्मी छैटौँ चरणको अन्तिम खेलसम्म आइपुदा दोस्रो स्थानमा छ । सङ्कटा भने आठौँ स्थानमा छ ।

याे खेलमा जित निकाल्दै आर्मी तालिकाको फेरि शीर्ष स्थानमा उक्लने प्रयासमा हुँदा सङ्कटा पनि आर्मीविरुद्ध जीत निकाल्दै पाँचौँ स्थानमा उक्लने प्रयासमा हुने छ ।

कमेन्ट गर्नुहोस्
Share: