अन्नपूर्ण गाउँपालिका कास्कीको सातौं गाँउसभामा विद्यार्थी लगायत बिभिन्न व्यक्ति सम्मानित

Share:

पोखरा । अन्नपूर्ण गाउँपालिका कार्यालय कास्कीले आफ्नो सातौं गाउँसभाका अवसरमा चार जना  विद्यार्थी  सहित बिभिन्न व्यक्तित्वहरूलाई सम्मान गरेको छ । शैक्षिक सत्र २०७५/०७६ मा गाउँपालिका भित्रबाट चिकित्सा शास्त्रमा एमबिबिएस तहको उच्च शिक्षा अध्ययनरत बिधार्थीहरूलाई प्रोत्साहनका साथै गाउँपालिकाको शैक्षिक उन्नयनमा आगामी दिनमा सहयोगको अपेक्षा गर्दै सम्मान गरिएको गाँउपालिकाका शिक्षा विभाग प्रमुख वलराम भुगाईले बताए ।

सम्मानित बिधार्थीहरू मध्ये आशिष अधिकारी नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान चिकित्सा शास्त्र महाबिधालय, सानो भ्याङ्ग काठमाँड़ौ, सुबोध अधिकारी र आशिष पौडेल चिकित्सा अध्ययन संस्थान, महाराजगंज काठमाडाैं र जेनिस रेग्मी बंगलादेशमा एमबिबिस अध्ययनरत छन । उनिहरूलाई गाउँपालिकाका अध्यक्ष युवराज कुँवर र उपाध्यक्ष सगुन गुरुङले जनहि पचास हजार रूपैंया सहित टिका तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सभामा साविकका गाउँपञ्चायत र गाबिसबाट निर्वा्चित भएका उपप्रधान पञ्च र उपाध्यक्षहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुनुहुनेहरूमा पाउदूर पञ्चायतका उपप्रधानपञ्च इन्द्रकुमारी गुरुंग, ढि़कुरपोखरीबाट इन्द्रप्रसाद पौडेल, कुलबहादुर गुरुङ, कर्णबहादुर गुरुङ, सल्यानबाट दलबहादुर गुरुङ, बुद्वीसागर पौडेल, नारायणबहादुर केसी, मनबहादुर केसी, लुम्लेबाट चित्रबहादुर गुरुङ, गोलमान गुरुङ÷प्रेमबहादुर गुरुङ, रनबहादुर गुरुङ, दांगसिंगबाट बिजय गुरुङ, घांद्रुकबाट तिलबहादुर गुरुङ, बिलबहादुर गुरुङ र भदौरेबाट दलबहादुर गुरुङ र पुण्यप्रसाद सुबेदी रहेका छन् । उनीहरूलाई अध्यक्ष कुँवर र उपाध्यक्ष गुरुङले टिका तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साविकका छ वटा गाबिस गाभेर अन्नपूर्ण गाऊँपालिका बनेको हो । यस अघिका गाऊँसभामा साविकका गाऊँ पञ्चायत र गाबिसबाट निर्वा्चित भएका प्रधानपञ्च र गाबिस अध्यक्षहरूलाई सम्मान गरिएको थियो ।

बिगतका दिनमा जनप्रतिनिधि भएर गाँउको बिकासमा उल्लेख्य भुमिका खेले वापत साथै गाँउपालिकाले गरेका हरेक गतिविधिलाई नजिकबाट निहालि सहयोग पु्याएको हुँदा उहाँहरुलाई सम्मान गरिएको अध्यक्ष कुँवरले बताए । त्यस्तै गाउँसभा कै अवसरमा गत जेठमा अन्नपूर्ण सेंञ्चुरी पर्यटन समितिद्वारा सञ्चालित दोश्रो अन्नपूर्ण म्याराथनमा चौथो स्थान प्राप्त घान्द्रुकका सचिन गुरुंग र ५५ वर्षीया धावक मिनबहादुर बिकलाई पनि सम्मान गरिएको छ । अध्यक्ष कुँवर र उपाध्यक्ष गुरुङले जनहि रु १० हजार नगद सहित टिका तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीका अनुसार छैटौं गाँउसभाबाट सम्पन्न निति योजना तथा कार्यक्रम र बजेट सम्बन्धि चालु आर्थिक बर्षमा हालसम्म सम्पन्न शाखागत प्रगति विवरण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गाँउसभामा उपस्थित सदस्यहरुलाई जानकारी गराएका थिए । गाँउ सभाको बैठकमा पेश गरिने बाकी एजेण्डा तथा कार्यक्रमहरु आगामी सभामा पेश गर्ने गरी गाँउसभाको बैठक स्थगित गरिएको अधिकारीले जानकारी गराएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: