पाेखराकाे मणिपाल अस्पतालमा चम्ल्याहा शिशुको जन्म

Share:
अस्पातलमा जन्मिएका शिशु । तस्बिर-खिम लामिछाने

पोखरा । पोखरामा एक युवतीले चम्ल्याहा (चार शिशु) लाई जन्म दिएकी छन्। स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले बिहिबार पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी हुन्।

उनले तीन छोरी र एक छोरालाई जन्म दिएको अस्पतालले जनाएको छ । २६ वर्षीय प्रधानले पहिलो बच्चाका रुपमा १.६ किलोग्राम तौलकी छोरीलाई जन्म दिएकी थिइन्। त्यसपश्चात १.३ किलोग्रामको छोरा, तेश्रोमा १.३ किलोग्रामकी छोरी र चौँथोमा १.४ किलोग्रामको छोरीलाई जन्म दिएकी हुन्।

अस्पतालका शल्य चिकित्सक डा. महेन्द्र पाण्डे नेतृत्वको टोलीले शल्यचिकित्साको माध्यमबाट ४ शिशुलाई जन्म दिइएको हो। बच्चा तथा आमाको स्वास्थ्य शकुशल रहेको अस्पतालले जनाएको छ । एकैपटक चार शिशुलाई जन्म दिइने घटनालाई दुर्लभ मानिने गरेको छ ।

तस्बिर-खिम लामिछाने

कमेन्ट गर्नुहोस्
Share: