सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउनु आवश्यक- गृहमन्त्री थापा

Share:

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापाले विपदलाई सही ढंगले व्यवस्थापन गर्न सके मात्रै समृद्ध नेपाल, सुखी नेपालीको अभिभारा पूरा गर्न सकिने बताएका छन् ।

२२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवशरमा राजधानीमा आयोजित कार्यक्रममा गृहमन्त्री थापाले सुरक्षित पूर्वाधार निर्माणका लागि नागरिकलाई सचेत बनाउन सकेको अवस्थामा दीगो सुख र समृद्धिको आधार निर्माण गर्न सकिने बताए ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । कमजोर पूर्वाधारका कारण कुनै पनि मानवीय क्षति नहोस् भन्नका लागि सरकारले पूर्वाधारण निर्माणमा विशेष ध्यान दिएको उनले बताए ।

नेपालीलाई सुखी र नेपाललाई समृद्ध बनाउन पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने उनले बताए । भूकम्पले भन्दा पनि हामीले निर्माण गरेका पूर्वाधार र संरचनाका कारण क्षति हुने गरेकाले नेपाल सरकारले पूर्वाधार निर्माणमा ध्यान दिएको बताए ।

कमेन्ट गर्नुहोस्
Share: