
पाेखरा। पश्चिमी न्युन चापीय प्रणालीका कारण आज (शुक्रबार) देशभर वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभर देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का हिमपात हुने जनाइएको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।
पानी र हिउँका कारण देशभर चिसो बढेको छ। चिसोले गर्दा जनजीवन प्रभावित भएको छ।
कमेन्ट गर्नुहोस्
