
पोखरा । पोखरामा एक पुरुष आफैले काम गर्ने ठाउँमा मृत फेला परेका छन् । पोखरा महानगरपालिका-१९ बेंशी चोकस्थित सेवा फर्निचरको भित्र यादब शर्मा नाम गरेका पुरुष शनिबार मृत फेला परेका हुन् ।
४५ वर्षको जस्तो देखिने उनको बारेमा थप जानकारी प्राप्त नभएको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


कमेन्ट गर्नुहोस्
